कैलालीमा २८ लाख रुपियाँसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ, कार्तिक १७ । कैलालीमा स्रोत नखुलेको २८ लाख रुपियाँभन्दा बढी नगदसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले आज धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट २८ लाख ३५० रुपियाँ सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, भारतको लखिमपुर खिरी पलियाका हरचित गुप्ताले चलाएको भारतीय नम्बर प्लेट युपी ३१ सिएन ११७५ को कारमा जाँच गर्ने क्रममा सोही कारमा सवार सोही ठाउँका सागर गुप्तालाई स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *