राप्रपाले पुस २३ गते काठमाडाैंमा प्रदर्शन गर्ने
काठमाडौं, १९ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २३ गते काठमाडौं जनप्रदर्शन गर्ने भएकाे छ ।
आज आयोजित पत्रकार सम्मेलनमा राप्रपाका ज्ञानेन्द्र शाहीले पार्टीभन्दा माथि उठेर देश जोगाउने आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ।
शाहीले भन्नुभयो, “आयोजक राप्रपा हो, तर राप्रपाको मात्रै झन्डा सहभागी गर्दैनौँ। राष्ट्रिय झन्डामा जो जति साथीहरू हुनुहुन्छ, एकजुट भएर आउनुस्।”
उहाँले जेनजीहरूले सडकमा युद्ध जिते पनि सम्झौतामा हारेको टिप्पणी गर्दै जेन-जीको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सडम आन्दाेलन गर्ने बताउनुभयाे ।
शाहीले संविधान संशोधनको माग गर्दै प्रदेश खारेजी, हिन्दू राज्य, संवैधानिक राजा, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैर दलीय, भ्रष्टाचारीलाई आजीवन कारावास र जेनजी आन्दोलनको हत्यारालाई कारबाहीको माग राखे।
राजा, जेन-जी र दलहरूबीचको त्रिपक्षीय सम्झौता गर्न माग गर्दै आफूहरूले उठाएको एजेन्डामा समर्थन गर्नेहरूलाई एकैठाउँमा उभिन समेत उहाँले आह्वान गर्नुभयो।