अध्यक्षमा केपी ओलीको बिकल्प छैन, पार्टी एकढिक्का बनाउन मेरालागि यहि पद भन्ने दाबी छैनः महेश बस्नेत (भिडियो संवाद)

काठमाडौं, २४ मंसिर । नेकपा (एमाले)का पोलिट्व्युरो सदस्य महेश बस्नेतले भदौ २३ र २४ गते केही युवालाई उचालेर कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामाथि आक्रमण गरेको आरोप लगाउनु भएको छ । मैत्रि संवादमा कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो । कैदी भगाउने, नेतामाथि आक्रमण गर्ने, प्रहरीमाथि आक्रमण गर्ने, उद्योगधन्दामाथि आक्रमण गर्ने जस्ता काम पनि त्यतिबेला भएको भन्दै त्यो कुनै आन्दोलन नभएको पनि आरोप लगाउनुभयो । त्यसलाई नेपाल देशमाथिको आक्रमण भएको पनि आरोप लगाउनुभयो ।

त्यो आक्रमण पूरा हुन नपाएको भन्दै बस्नेतले त्यो आक्रमणपछि केही विदेशी खेतालाहरुलाई सत्तामा पुर्याउने खेल भएको पनि आरोप लगाउनुभयो । उहाँले संसद विघटन गर्ने, संविधान खारेजी गर्ने र संकटकाल लगाएर राजा ल्याउने खेलमा लागेको समूहले पनि उहाँले गम्भीर आरोप लगाउनुभयो ।
उहाँले सारा अन्तराष्ट्रिय साम्रराज्यवादी शक्ति र राष्ट्रिय रुपमा पनि एमालेका विरुद्धमा लागेका दलाल, नोकरशाही, पुँजिपतीहरुलाई पनि काउन्टर दिन सक्ने हैसियतसहित एमाले अघि आएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकमाथि धरपकट गर्ने हल्ला फिँजाएर एमालेको महाधिवेशन प्रभावित पार्ने खेल भैरहेको पनि उहाँले अरोप लगाउनुभयो । ‘अहिले विभिन्न खालका प्रचार गर्ने प्रयास भैरहेको छ । तर, हामीले जहाँ अवरोध त्यहाँ प्रतिरोध भन्ने सिद्धान्तका आधारमा एमाले अघि बढेको छ,’ उहाँले भन्नुभयो, ‘सरकार निरंकुश ढंगले अघि बढ्यो, आतंकवादी ढंगले अघि बढ्यो र दलहरुमाथि आक्रमण गर्ने ढंगले आयो भने त्यहि खालको प्रत्याक्रमण र प्रतिरोध हुन्छ भन्ने कुरा सुशीला कार्की नेतृत्वको सरकारले कान खोलेर सुन्नुपर्छ ।’

उहाँले सुदन गुरुङहरुले ओली र लेखकलाई नसमात्ने हो भने देशभरी आन्दोलन गर्ने भनेर धम्की दिएको भन्दै त्यसो गरे उनीहरुमाथि प्रतिकार गर्ने पनि चेतावनी दिनुभयो । उहाँले दुई–चार ओटा देशको भिषा गोजीमा राखेर फुर्ति नलगाउन समेत चेतावनी दिनुभयो । विदेशीहरुले अपहरण गरेको आन्दोलनमा विदेशीका गोठाला खेतालाहरुले नेपालको राष्ट्रियता समाप्त पार्ने, देश समाप्त पार्नेहरुलाई कानुनी दायरामा ल्याउनु पर्नेमा पनि जोड दिनुभयो ।

उहाँले केपी ओली देशको शक्तिशाली नेता भएको भन्दै अझै लामो समय उहाँकै वरिपरी देशको राजनीति घुम्ने भन्दै उहाँ जत्तिको शक्तिशाली व्यक्तिका लागि कुटी होइन आश्रम बनाउन लागेको पनि जानकार िदिनुभयो । उहाँले केपी ओलीलाई राजनेता भएको भन्दै उहाँकै त्यहि कुटीबाट मुलुकको समृद्धिको खाका कोर्ने पनि स्पष्ट पार्नुभयो । केपी ओलीले कुनै बेला बालकोटको बार्दलीबाट नियन्त्रण र सन्तुलन गरेको स्मरण गराउनुभयो ।

उहाँले अबको अध्यक्ष केपी ओली नै भएको भन्दै आफू अध्यक्ष बाहेकका कुनै पनि पद लिन तयार भएको तर दिएको जिम्मेवारी अनुसार नै अघि बढ्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

बस्नेतले एमालेले राष्ट्रघाती काम कहिल्यै नगर्ने र यदि कसैले त्यस्तो गर्न खोजे प्रतिरोध गर्ने चेतावनी पनि दिनुभयो । उहाँले एमालेले नेशनल भोलेन्टियर फोर्स जनताको मनोबल बढाउन निर्माण गरेको जानकारी दिनुभयो । उहाँले भदौ २३ र २४ गतेको घटनापछि मुलुकको अवस्था दयनी भएको लुटपाट, हिंसाका घटना बढेको भन्दै त्यसलाई रोक्न पनि फोर्स गठन गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भदौ २४ को घटनापछि सेनाको सुरक्षा घेराभित्र तीन दिन बसेको बाहिर निस्किएपछि पहिलो पटक आफ्नो जलेको पार्टी कार्यालय र अध्यक्ष केपी शर्मा ओलीको घर अघि उँभिएर प्रतिरोधमा उत्रिण आह््वान गरेको पनि उहाँले जानकारी दिनुभयो । ‘गुण्डुको गुण्डा भन्नेहरु पराजित मानसिकताका उपज हुन्,’ उहाँले भन्नुभयो, ‘लुटपाट, हिंसा गर्नेहरुको योजना पूरा नभएपछि उनीहरुले हामीलाई गुण्डाको ट्याग लगाएका हुन् ।’

भिडियो संवाद