आजपनि सस्तियो सुन र चाँदी, कति पुग्याे ताेलाकाे मूल्य ?
काठमाडौँ, १६ भदौ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा आज (मंगलबार) सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले ओरालो लागेको हो ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन अर्थात् सोमबार सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । साताको सुरुदेखि नै सुनको मूल्यमा निरन्तर गिरावट आउने क्रम जारी छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि मंगलबार सामान्य गिरावट देखिएको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ७६५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।