केन्द्रीय कमिटिमा उम्मेदवारी दिने इन्जिनियर रोकाहाको तयारी
काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन भोलि अर्थात मंसिर २७ मा उद्घाटन हुँदैछ । उक्त महाधिवेशनका लागि एमालेको विभिन्न तहमा रहेका नेताहरुले केन्द्रीय कमिटिमा उठ्ने तयारी गरेका छन् । एमालेका युवा नेता एवं युवा व्यवसायी इन्जिनियर सन्जिव रोकाहाले पनि केन्द्रीय कमिटिमा उम्मेदवारी दिने तयारी गरेको जानकारी दिनुभयो ।
नेकपा (एमाले)को केन्द्रीय विज्ञात तथा प्रविधि विभाग सचिवको समेत जिम्मेवारीमा रहनु भएका उहाँले विभागको सचिवको जिम्मेवारीमा रहेर देखाएको क्रियाशिलता, विगतको अनुभवलगायतलाई समेत आधार मान्दै केन्द्रीय कमिटिमा जिम्मेवारी लिने तयारी गरेको जानकारी दिनुभयो । उहाँले ३३ वटै विभागको महाधिवेशन प्रतिनिधि सुनिश्चित गर्न समेत उहाँले नेतृत्वदायी भूमिका खेलेको जस्ता विषयलाई पनि आफ्नो स्वाभाविक दाबी ठान्नु भएको छ ।
एमालेका इन्जिनियरहरुको संस्था पीनको समे केन्द्रीय उपाध्यक्ष तथा पार्टी कोशी प्रदेश कमिटीको सदस्यको जिम्मेवारीमा रहेर काम गरिसक्नु भएका उहाँ नेपालको नमूना परियोजनाहरु स्काइवाक टावर निर्माण सन्चालन गर्ने सफल व्यवसायी समेत हुनुहुन्छ । भोजपुर कुलुङमा जन्मिनु भएका रोकाहा अहिले मोरङ सुन्दरहरौचा निवासी हुनुहुन्छ । हाल प्रचलित सूर्यटोपी समेत निकाली रोकाहाले ब्रान्डिङ गर्ने काम गर्नुभएको छ ।