सुनचाँदीको मूल्य निरन्तर उकालो लाग्याे, आज पनि उच्च मूल्यमा काराेबार

काठमाडौँ, २ पुस । सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ। मङ्गलबारको तुलनामा आज सुन तोलामा रु ७०० ले र चाँदी तोलामा रु १७० ले बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु २ लाख ५९ हजार ७०० कायम भएको छ। यसैगरी, एक तोला चाँदीको मोल रु ४ हजार ५५ निर्धारण भएको छ।

मङ्गलबार सुनको मूल्य प्रतितोला रु २ लाख ५९ हजारमा कारोबार भएको थियो भने एक तोला चाँदी रु ३ हजार ८८५ मा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ३३० अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।