युके पठाउने प्रलोभनमा ५२ लाख ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ, २ पुस । वैदेशिक रोजगारीका लागि युके (बेलायत) पठाइदिने भन्दै ५२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ५० वर्षीय लालबहादुर बराइलीलाई पक्राउ गरेको छ ।
कास्कीको पोखरा घर भई हाल काठमाडौँ बस्ने बराइलीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार बराइलीले पीडितबाट रकम लिएर लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएपछि उजुरीका आधारमा पक्राउ गरिएको हो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।