रूपन्देहीमा कक्षा ११ मा पढ्ने विद्यार्थीको हत्या, टाउकोमा चोट लागेको अवस्थामा शव फेला
रूपन्देही, ४ पुस । रूपन्देहीमा कक्षा ११ मा अध्ययनरत एक किशोरको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
कञ्चन गाउँपालिका–३ धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेलको शव बिहीबार साँझ फेला परेको हो ।
बुद्धदीप बोर्डिङ स्कुलमा अध्ययनरत पौडेल बुधबार राति ८ बजेदेखि सम्पर्कविहीन भएका थिए । खोजी गर्ने क्रममा बिहीबार साँझ ६ बजे उनको शव फेला परेको रूपन्देही प्रहरी प्रमुख प्रदीप क्षेत्रीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार मृतकको टाउकोमा गहिरो चोट देखिएको छ र घटनाबारे अनुसन्धान भइरहेको छ ।