सुनको मूल्य ताेलाकाे ३ हजार १०० रुपैयाँको घट्याे, चाँदी पनि ४० रुपैयाँले सस्तियो

काठमाडौँ, २१ भदौ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले ओरालो लागेको हो ।

महासंघले आजका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि आइतबार सामान्य गिरावट देखिएको छ । आज चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७२५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *