सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ, १६ पुस । पछिल्ला केही दिनयता लगातार उकालो लागिरहेको सुनचाँदीको मूल्यमा आज बुधबार भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन र चाँदी दुवैको मूल्य घटेको हो ।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन अर्थात् मङ्गलबार यस्तो सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस आधारमा आज सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ । मङ्गलबार प्रतितोला ४ हजार ५९० रुपैयाँमा कारोबार भएको चाँदी आज १२० रुपैयाँले घटेर ४ हजार ४७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै कारण स्थानीय बजारमा पनि मूल्य समायोजन भएको व्यवसायीहरूले बताएका छन् ।