एन्फा अर्ली इलेक्सनमा जाने

काठमाडौँ, पुस १६ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) ‘अर्ली इलेक्सन’मा जाने भएको छ ।

एन्फाको कार्यसमितिको बैठकले अर्ली इलेन्सनको निर्णय गरेपछि घरेलु फुटबलको सर्वोच्च संस्थाको निर्वाचन आगामी माघ २८ गते हुने भएको छ । पंकज नेम्वाङको नेतृत्वमा रहेको एन्फाको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल असार ६ गतेसम्म रहेको छ । नेम्वाङको कार्यसमिति सन् २०७९ असारमा निर्वाचित भएको थियो । एन्फा विधानअनुसार प्रतिकूल समयमा कार्यसमितिको कार्यकाल छ महिना लम्ब्याउन सकिने प्रावधान पनि छ ।

एन्फाले चुनाव गर्नुपर्ने असारमा फिफा विश्वकप फुटबल प्रतियोगिता पर्ने भएकोले अर्ली इलेक्सनको निर्णय गरेको बताएको छ । सो चुनाव झापामा हुनेछ ।