सुनको भाउ तोलाकै पुग्याे ३ लाख ३ हजार, हरेक दिन नयाँ रेकर्ड

काठमाडौं, ११ माघ । सुनको मूल्यले नेपाली बजारमा हरेक दिन नयाँ रेकर्ड तोड्ने क्रम जारी राखेको छ।

आइतबार सुनको भाउ प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ। यो नेपाली सुन बजारको इतिहासमा हालसम्मकै उच्च मूल्य हो। हिजो (शनिबार) पनि सुनले ३ लाख १ हजार ४ सयको रेकर्ड बनाएको थियो।

सुन (प्रतितोला): ३,०३,८०० (२,४०० ले बढेको)
चाँदी (प्रतितोला): ६,४८० (२९० ले बढेको)

चाँदीको मूल्यमा पनि भारी वृद्धि देखिएको छ। हिजो ६ हजार १९० मा कारोबार भएको चाँदी आज ६ हजार ४८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।