सन्दीपले इयुटि२० बेल्जियममा खेल्ने

काठमाडौँ, चैत ४ गते । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेले इयुटि२० बेल्जियममा खेल्न लिज रेड लायन्समा आवद्ध भएका छन् ।

लिज रेड लायन्सले बुधबार आप्mनो सामाजक सञ्जालमार्फत् सन्दीपलाई अनुबन्ध गरेको जानकारी गरायो । यस टिममा अस्ट्रेलियाका क्रिस लिन र न्युजिल्यान्डका कोरी एन्डरसनजस्ता स्टार क्रिकेटर पनि छन् । लिज रेड लायन्सको प्रशिक्षकमा हर्सल गिब्स रहेका छन् । रेड लायन्सले सन्दीपले प्रिसाइन गरेको हो ।

बेल्जियमको ब्रसेल्स्मा हुने इयुटि२० पहिलो पटक आयोजना हुन लागेको हो । यस प्रतियोगिताम छ टिमको सहभागिता रहनेछ ।