देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ
काठमाडौँ, चैत ५ । प्रहरीले नियमित गस्ती र जाँचका क्रममा देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापा, बारा, महोत्तरी, चितवन र कञ्चनपुरका विभिन्न स्थानबाट गत मंगलबार र बुधबार उनीहरू पक्राउ परेका हुन् ।
चितवन : भरतपुर महानगरपालिका–१ स्थित पोखरा बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिदबिक्री गर्न पाइने प्रतिबन्धित औषधिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
झापा : भद्रपुर नगरपालिका–६ बाट खैरो हेरोइन (ब्राउन सुगर) सहित सात जनालाई नियन्त्रणमा लिइएको छ।
बारा : जितपुरसिमरा उपमहानगरपालिका–३, लल्का पुल नजिकबाट ९ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।
महोत्तरी : बर्दिबास नगरपालिका–३ बाट खैरो हेरोइनसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कञ्चनपुर : बेलौरी नगरपालिका–१०, घाँट क्षेत्रबाट लागुऔषध कारोबारमा संलग्न एक जना पक्राउ परेका छन् ।
पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।