ओली–लेखक पक्राउपछि संविधानविद् र विभिन्न नेताहरुको टिप्पणीः प्रतिशोध र धरपकडले भलो गर्दैन
काठमाडौं, १४ चैत । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछि एमाले नेता गोकुल बास्कोटाले कढा टिप्पणी गर्नुभएको छ । उहाँले बालेन्द्र साह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताउनु भएको हो ।
‘बालेन युगमा जान्छ भन्थे–ब्याकहोलतिर जाने देखियो । पार्ट टु भनौँ होला । पार्ट थ्री कति समयमा पुग्ने हो ? पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन । पूर्वाग्रह र प्रतिशोध फाईनल्ली राम्रो हुँदै होइन । जसलाई जे सुकै लागोस् ।’ यता पूर्वराजदूत एवं संविधानविद् निलाम्बर आचार्य, पूर्वमन्त्री कमल थापालगायतले पनि ओली–लेखक पक्राउलाई प्रतिशोध भन्नुभएको छ । संविधानविद् आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने टिप्पणी गर्नुभएको छ । ‘साह्रै नै नमिल्ने कुरा भइरहेको छ’, पूर्वकानुनमन्त्री समेत रहेका आचार्यले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्नुभएको छ, ‘प्रतिशोध र धरपकडले भलो गर्दैन ।’