बल्खु र वंशीघाट क्षेत्रका घरटहराहरूमा यसरी चल्याे डाेजर (तस्बिरहरू)

काठमाडौँ, १८ वैशाख । काठमाडौँ महानगरपालिका वडा नम्बर १४ स्थित बल्खु र वडा नम्बर ११ स्थित वंशीघाट क्षेत्रमा डोजर चलाइएको छ ।

नदी किनार र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत घरटहरा भत्काउने अभियान अन्तर्गत आज बिहानैदेखि बल्खु र वंशीघाटका क्षेत्रका घरटहराहरूमा डोजर चलाइएको हाे ।

संरचना भत्काउनका लागि सम्बन्धित क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ। एक्कासि डोजर चलेपछि स्थानीय बासिन्दाहरू आफ्नो बासस्थान भत्किएको टुलुटुलु हेर्न विवश छन्।

यसअघि सरकारले वैशाख १२ गते काठमाडौँका थापाथली, गैरीगाउँ, सिनामङ्गल, मनोहरालगायतका क्षेत्रमा रहेका सुकुम्बासी बस्तीका संरचनामा डोजर चलाएको थियो।