नेपालप्रति भारतको हेपाह प्रवृत्ति, नेपाललाई छैन जानकारी, नेपालको भूमिहुँदै कैलाश मानसरोवर यात्रा खुल्ला
काठमाडौं, १८ वैशाख । भारतको नेपालप्रतिको हेपाह प्रवृत्ति नयाँ होइन । बेलाबेला नेपालप्रति हेपाह प्रवृत्ति देखाउँदै आएको भारतले एक पटक फेरि नेपालको भूमि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेर नेपालप्रति हेपाह प्रवृत्ति देखाएको छ ।
कुटनीतिका मामिलामा धेरै नवोल्ने छिमेकी चीन सरकारसँगको सहकार्यमा भारतले कैलाश मानसरोवर यात्रा खुल्ला गरेपछि त्यसले नेपालमा खैलाबैला भएको छ । जेनजी आन्दोलनपछि अहिले नेपालमा नयाँ सरकार बनेको छ । नयाँ सरकार बनेको एक महिना भर्खरै पूरा भएको छ । यहि मौकामा भारतले गरेको यो यात्राको औपचारिक घोषणाले नेपालमाथि भारतले देखाएको हेपाह प्रवृत्तिको पर्दाफास भएको छ ।
नेपालको भूमि लिपुलेकबाट भारत सरकारले आयोजना गर्ने कैलाश मानसरोवर यात्रा २०२६ जुनदेखि अगस्टसम्म सञ्चालन हुनेछ । भारतको चीन सरकारसँगको सहकार्यमा यात्राको औपचारिक घोषणा गरेको हो ।
भारतीय विदेश मन्त्रालयद्वारा बिहीबार मात्रै जारी गरेको विज्ञप्तिमा यस वर्ष यात्राका लागि कुल २० समूह हुनेछन् । तीमध्ये १० समूह उत्तराखण्ड हुँदै लिपुलेख पासबाट र अन्य १० समूह सिक्किम हुँदै नाथु ला पासबाट यात्रा गर्नेछन् । प्रत्येक समूहमा ५० जना यात्रु रहने छन् ।
त्यति मात्रै होइन यात्रामा सहभागी हुन इच्छुकहरूले आधिकारिक वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्नेछन् भन्दै आवेदन दिने अन्तिम मिति मे १९ तोकेको छ । नेपालको भूमि भएर यात्राको रुट तय गर्दा समेत नेपालाई जानकारी नहुनु भनेको नेपालप्रतिको हेपाह प्रवृत्ति हो ।