नेपालका प्रधानमन्त्री बालेनको सीमाविवादबारेको अभिव्यक्तिपछि भारतीय कुटनीतिज्ञ र विज्ञहरु उत्साहित, नेपाली कुटनीतिज्ञ र विज्ञहरु निरास
काठमाडौं, १८ जेठ । प्रतिनिधिसभाको संसद् बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले ‘भारतले मात्र होइन, नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ, यो कुरा मलाई प्रधानमन्त्री भएपछि मात्र थाहा भयो’ भनेर दिएको अभिव्यक्तिपछि अहिले विभिन्न खालका प्रतिक्रियाहरु देखा परेका छन् ।
नेपालका तर्फबाट सीमाविद् र कूटनीतिज्ञका व्यक्तिलगायतले प्रधानमन्त्री साहको त्यो अभिव्यक्तिको खुलेर विरोध गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु चुपचाप छन् भन् कार्यकर्ताले उहाँको अभिव्यक्तिलाई टालटुल पार्ने प्रयास गरेको देखिन्छ । तर, भारतीय मिडिया तथा भारतीय कूटनीतिज्ञहरुले पनि नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिलाई सकारात्मक भन्दै प्रतिक्रिया दिएका छन् । यसले पनि बालेको अभिव्यक्ति नेपालीका लागि विझाउने र भारतीयहरुका लागि रिझाउने खालको देखिएको छ । भारतीय अधिकारीहरू र मिडियाभारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालका प्रधानमन्त्रीले सीमा मामिलामा यथार्थवादी कुरा राखेको भन्दै खुशी व्यक्त गरेको देखिन्छ । त्यसैगरी नेपालका लागि पूर्वभारतीय राजदूत रणजीत रायले पनि प्रधानमन्त्री बालेन साहको यो भनाइले नेपालको आन्तरिक राजनीतिमा हलचल ल्याए पनि भारतका लागि यो एक प्रकारको कूटनीतिक जीत भएको भन्दै खुशी व्यक्त गरेको देखिन्छ । भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ताले पनि नेपालका प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको धारणाहरूलाई ‘हामीले नोट गरेका छौँ, सीमा विवाद केवल आपसी संवाद र सौहार्दपूर्ण रूपमा हल हुन सक्छ।’ भन्दै आफुले चाहे जस्तो भनाई आएको आसय व्यक्त गरेको देखिन्छ । भारतीय टेलिभिजन च्यानल जी न्युजले नेपालका प्रधानमन्त्री बालेन साहले संसद्मै नेपालले भारतको जमिन कब्जा गरेको स्वीकार गरेको भन्दै उग्र–राष्ट्रवाद परास्त भएको उल्लेख गरेको छ ।
टाइम्स अफ इन्डियाले पनि नेपालका नयाँ प्रधानमन्त्रीको संसद्को पहिलो सम्बोधनले नै भारत र नेपालबीचको सीमा कूटनीतिमा नयाँ र अनुकूल मोड ल्याएको भन्दै खुशी व्यक्त गरेको छ ।
७। नेपाल मामिला विज्ञ अखिलेश उपाध्यायले त साहको अभिव्यक्तिले भारतसामु नेपालको वार्ता गर्ने हैसियत निकै कमजोर पारिदिएको दाबी गरेको देखिन्छ । तर, नेपाली सीमाविद् तथा विज्ञहरूले भने प्रधानमन्त्री साहको अभिव्यक्तिको खुलेर विरोध गरेका छन् । बुद्धिनारायण श्रेष्ठ जो वरिष्ठ सीमाविद् हुनुहुन्छ –उहाँले नेपालले भारतको कुनै पनि जमिन मिचेको वा कब्जा गरेको छैन भन्दै प्रधानमन्त्रीको यो दाबी पूर्ण रूपमा असत्य, भ्रमपूर्ण र ऐतिहासिक तथ्यहीन भएको आरोप लगाउनुभयो ।
सूर्यनाथ उपाध्याय जो ईपीजी सदस्य तथा सीमा विज्ञहुनुहुन्छ । उहाँले पनि आफूहरुले ईपीजीमा नेपालको पक्षबाट तथ्यहरू राखेको स्मरण गर्दै देशकै प्रधानमन्त्रीले विनाप्रमाण नेपालले भारतको जग्गा मिचेको भन्नु कूटनीतिक अपराध भएको उल्लेख गर्नुभएको छ । नापी विभागका पूर्वमहानिर्देशक तोयनाथ बरालले ‘नापी विभागको रेकर्ड र नक्साहरूले नेपालले भारतको भूमि मिचेको देखाउँदैन।’ भन्दै ‘प्रधानमन्त्रीले कुन नक्सा हेरेर यस्तो बोल्नुभयो, अचम्म लागेको छ’ भन्नुभएको छ ।
भूराजनीतिक विश्लेषक लोकराज बरालले ‘कार्यकारी प्रमुखको मुखबाट विनातथ्य यस्तो गम्भीर कुरा आउनु कूटनीतिक रूपमा प्रत्युत्पादक र ठूलो गल्ती हो।’ भन्नुभएको छ ।