चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

 

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । विकास बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
अकस्मात हृदयाघात भएपछि उहालाई राजधानीको चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउँदा उहाको निधन भइसकेको अस्पताल श्रोतले जनाएको छ ।

टेलिचलचित्र तथा चलचित्रहरुमा अभियन गर्नुभएका भट्टराईले आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्धा, सो सिम्पल, ब्रासलेट, यात्रासहितका चलचित्रको निर्माण समेत गर्नुभएको थियो ।

२०७५ चैत ४ गतेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।