रविन्द्र मिश्रले नयाँ पार्टी खोल्ने
काठमाडौं । संचारकर्मी रवीन्द्र मिश्रले बीबीसी नेपाली सेवाबाट राजीनामा दिनुभएको छ । उहाँले नयाँ पार्टी खोल्ने बताउनुभयो । उहाँले आज एक विज्ञप्ति जारी गर्दै आफु राजनीतिमा होमिने बताउनुभयो।
नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति सिस्टम, पारदर्शिता ,ट्रान्सपरेन्सी, इमानदारी इन्टेग्रटी र उत्कृष्टता मेरिटोक्रसी अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण हाम्रो जीवनकालमा सम्भव नभएको बताउनुभयो।
सुसंस्कृत राजनीतिको सशक्त जग निर्माण गर्न सके दशकौंको स्वार्थलिप्त, दोहनकारी, आडम्बरी र अपारदर्शी राजनीतिका कारण देशको दुर्दशाबाट दिक्क भएका तर यो देश बनाउन सकिन्छ भन्ने विश्वास बोकेका स्वदेश तथा विदेशमा रहेका नेपालीले आफुलाई साथ दिने विश्वास मिश्रले व्यक्त गर्नुभएको छ ।