ईयूमा भ्याक्सिन पासपोर्ट चलाउन आग्रह
ग्रीस । ग्रीस र अस्ट्रियाले युरोपेली सङ्घ ईयूका अन्य सदस्य राष्ट्रलाई कोरोनाभाइरस भ्याक्सिनेसन पासपोर्टु अर्थात् खोप राहदानीु स्विकार्न आह्वान गरेका छन्।
त्यसले महामारीका कारण जर्जर बनेको युरोपको पर्यटन उद्योग उकासिने उनीहरूको तर्क छ।
ती देशहरूले युरोप यात्रा गर्नका लागि एउटा प्रमाणपत्र जस्तै खोप लगाएको प्रमाणित हुने कागजलाई अनुमति दिन प्रस्ताव राखेका हुन्।
उनीहरूका प्रस्तावमा खोप लगाइसकेकाले त्यसको प्रमाण देखाएका आधारमा युरोपभरि विना रोकतोक घुम्न पाउनेछन्।