अफगानिस्तानमा सेनाको हेलिकोप्टर दुर्घटना, नौ जनाको मृत्यु

 

काबुल । पूर्वी अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटनामा हुँदा नौ जनाको मृत्यु भएको छ।
अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायुसेनाको हेलिकप्टर दुर्घटना भएको हो। त्यहाँको रक्षा मन्त्रालयले दुर्घटनामा नौ जनाको ज्यान गएको जानकारी दिएको छ।
वार्दाक प्रान्तको बिहसुद जिल्लामा सो दुर्घटना भएको थियो। दुर्घटनामा हेलिकोप्टर चालक दलका चार र अफगान राष्ट्रिय सेनाका पाँच सदस्य मारिएका मन्त्रालयले जनाएको छ।

सेनाले दुर्घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *