जापानले रोक्यो म्यान्मारलाई दिने आर्थिक सहयोग

टोकियो । जापानले म्यानमारमा प्रजातान्त्रिक प्रक्रिया अवरुद्ध गरी सेनाले सत्ताविद्रोह गरेको भन्दै नयाँ आर्थिक सहायता दिन बन्द गरेको छ। तर सेना र प्रहरीका कमान्डरहरुलाई अन्य देशले प्रतिबन्ध गरे पनि जापान त्यस्तो प्रतिबन्ध भने नलगाएको विदेश मन्त्रालयले जनाएको छ।
म्यानमारका लागि जापान सबैभन्दा ठूलो दातृ मुलुक हो। जापानका विदेश मन्त्री तोसिमिचु मोटेगीले आर्थिक सहायता रोकेर म्यानमारलाई प्रस्ट सन्देश दिन खोजेको बताउनुभयो ।

संसदमा सम्बोधन गर्दै विदेशमन्त्री मोटेगीले भन्नुभयो, म्यानमारका निम्ति सबैभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउने जापान प्रमुख राष्ट्र हो। अब नयाँ सहायता म्यानमारलाई दिइने छैन। हामीले प्रस्ट अडान राखेका छौं।

संयुक्तराज्य अमेरिका, बेलायत र युरोपेली युनियनले सत्ता विद्रोहमा संलग्न प्रहरी र सेनाका वरिष्ठ कमान्डरका साथै सेनाको नियन्त्रणमा रहेका व्यापारिक एवं व्यवसायिक कम्पनीमाथि विभिन्न किसिमका प्रतिबन्ध घोषणा गरिसकेका छन्।

तर जापानको म्यानमारसँग बलियो आर्थिक तथा म्यानमारको सेनासँग रहेको लामो समयदेखिको सम्बन्धका कारण जापानले केही नरम नीति लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *