कोरोना बढे पनि लकडाउन नहुने

 

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोरोना संक्रमणको जोखिम भए पनि बन्दाबन्दीको स्थिति आउन नदिने नै प्रयास गरिरहेको बताउनुभएको छ ।  ‘एक वर्षको अनुभव, तयारी र पूर्वाधार छ । त्यसलाई प्रभावकारी बनाइ बन्दाबन्दी हुन नदिने भन्ने प्रयत्न हो,’ त्रिपाठीले भन्नुभयो ।
स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएकाले बताउँदै एन्टिजेन परीक्षणहरु बढाएको जानकारी दिनुभयो ।

मन्त्री त्रिपाठीले भन्नुभयो, ‘दैनिक ११ हजार पुग्न सक्ने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण छ । तर त्यो अवस्था आउन नदिने भन्ने हो ।’

उहाँले काठमाडौं उपत्यकामा ७ देखि ८ लाख विद्यार्थीहरु रहेको र सहरी क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गर्न प्रस्ताव गरेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *