सुनको मूल्य प्रतितोलाकाे लाख नाघ्यो

काठमाडाैं, २३ मंसिर । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोलाकाे एक लाख नाघेकाे छ ।

बिहीबार प्रतितोला रु ९९ हजार सात सयमा काराेबार भएकाे छापावाल सुनको मूल्य प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ३० ले बढेर रु एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।