जसपा संसदीय दलको नेतामा रामसहाय निर्विरोध निर्वाचित

काठमाडौं, १३ पुस । जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।

जसपामा संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले उनी सर्वसम्मत रुपमा प्रतिनिधिसभाको दलको नेता चयन भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी नै छ ।

प्रतिनिधिसभामा जसपाबाट १२ जना सांसद छन् ।