कङ्गोको अस्थायी खानीको पहिरोमा परी दशको मृत्यु
एजेन्सी, १७ पुस । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको दुई अस्थायी खानीमा भीषण वर्षापछि आएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।
दक्षिण किभु प्रान्तको फिजी एन्क्लेभमा बिहीबारदेखि शुक्रबार राति सम्म परेको भारी वर्षापछि प्रकोप आएको स्थानीयहरूले बताएका छन् ।
दश जनाको मृत्यु पुष्टि भएको र अन्य शव निकाल्ने खोजी टोलीले प्रयास गरिरहेको स्थानीय रेडक्रसका अधिकारी ओनेसफोर काबन्डिल्वाले बताउनु भयो । शव निकाल्न खोजी टोलीले प्रयास गरिरहेको बताइएको छ ।
पहिरोले सो क्षेत्रका दुईवटा सुन खानी स्थलमा क्षति पुगेको छ । अस्थायी खानीका १० जनाको मृत्यु, नौ जना घाइते, र केहि बेपत्ता भएको बताइएको छ । अधिकांश पीडितहरू कारीगर खानीका रहेका बताइएको छ । दुई खानी साइटहरूमा बारम्बार पहिरोआउने गरेको छ ।
डिसेम्बरको मध्यमा, मुसलधारे वर्षाको कारण आएको बाढीले देशको पश्चिममा रहेको राजधानी किन्शासामा एक सय ६० भन्दा बढी मानिसको ज्यान गएको थियो ।