क्यानले खेलाडीलाई पारिश्रमिक दिलाउने भएपछि टी-२० लिग खेल्न तयार
काठमाडौं, १९ पुस । नेपाल टी-२० लिगका खेलाडीलाई नेपाल क्रिकेट संघ क्यान पारिश्रमिक दिलाउने भएकाे छ ।
नेपाल टी-२० लिगका खेलाडीले पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेपछि क्यानका पदाधिकारी र नेपाल टी-२० लिगका मालिकहरुले पारिश्रमिकको प्रतिवद्धता जनाएकाे हाे । सहमति भएपछि खेलाडी खेल्न तयार भएका छन् ।
काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल २ घन्टापछि सुरु भएको छ । खेलाडीले टस गर्न नमानेपछि ढिलो गरि सुरु भएको खेल ९ ओभरमा झारिएको छ ।
खेलमा टस जितेर काठमाडौं नाइट्सले पहिला ब्याटिङ रोजेको छ ।
नेपाल टी-२० लिगको कमर्सियल तथा स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिन अहलुवालिया पैसा नदिइ भागेको हल्ला फैलिएपछि खेलाडीले टस गर्न नमानेका हुन् ।