आगलागीमा एकै घरका तीन बालबालिकाको मृत्यु
बाँके । बाँकेको डडुवा गाउँपालिका १, पुडुवा गाउँमा मध्यरातमा भएको आगलागीमा परेर एकै घरका तीनजना बालवालिकाको मृत्यु भएको छ । आइतबार राति साढे ११ बजे दुलारी मुराउको घरबाट शुरु भएको आगो नियन्त्रण हुनुअघि नै मुन्सी मुराउका तीन सन्तानको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ६ वर्षीय पवन मुराउ, ८ वर्षीय रामजी मुराउ र १० वर्षीया सोनी मुराउ रहेको प्रमुख जिल्ला अधिकाराी रविलाल पन्थले जानकारी दिनुभयो ।
राति खाना खाएपछि बच्चालाई घरमा सुताएर बाबुआमा खलियानमा गहुँ दाउन गएका बेला यस्तो दुःखद घटना भएको हो ।
वैशाख ११ गते ।