सत्ताका लागि खेलिएको फोहोरी खेल मुलुकका लागि दुर्भाग्य

फेरि सत्ता स्वार्थको फोहोरी खेल खेल्न खोज्दै नेपाली कांग्रेस, चनाखो बन्दै अहिलेको गठबन्धन

काठमाडौं, २२ पुस । २०७९ सालको पुस १० गते नेपालको राजनीतिमा बालकोटको बार्दलीबाट धेरैले अनुमानन गरेको र निकै रोमाञ्चक खालको दृश्य देखियो ।केही घण्टाकै अन्तरालमा उथलपुथल भएको त्यो राजनीतिक दृश्य धेरैका लागि अपत्यारिलो खालकै थियो ।

लामो सयमसम्मको वाक्युद्धलाई विश्राम दिँदै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले धेरैको अनुमान लाई कमजोर सावित पार्दै निजी निवास बालकोटको बार्दलीबाट माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरी बालकोटकै बार्दलीबाट राजनीति नयाँ मोडबाट अघि बढेको सन्देश दिनुभयो ।

२०७८ सालको असार ३० गते ओलीले बालुवाटार छाडेर लावालस्करसहित बालकोट प्रवेश गरेपछि त्यही बार्दलीबाट हात हल्लाएको दृश्यलाई धेरैले उहाँको शान सौकत ओरालो लागेको भन्दै टिप्पणी गरेका थिए । तर, पुस १० गते त्यही बार्दलीबाट नयाँ मोडको राजनीतिक सन्देशसहित ओली र प्रचण्ड दुबैले हात हल्लाउँदै गरेको दृश्यलाई देश–विदेशका सञ्चार माध्ययमले कैद गर्न भ्याए भने ओलीले पनि करीब १८ महिना पहिला कमजोर बनेको शक्ति त्यही बार्दलीबाट उदय भएको सन्देश दिनुभयो ।

एमालेसहितका सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा प्रस्तावित भएसँगै त्यहीदिन केही घण्टा अघिसम्म बालुवाटारमा देखिएको सञ्चार माध्ययमको थेगिनसक्नु भीड बालकोटतिर सर्यो । पुस १० को चिसो मौसममा सत्ता गठबन्धनका एक प्रमुख नेता प्रचण्ड बालुवाटर बाटबाहिरिएसँगै बालुवाटारमा सन्नाटा छायो भने बालकोटमा चिसो मौसममा पनि राजनीतिको गर्मी बढ्दै गयो ।

एकपछि अर्को दलका नेता बालकोट प्रस्थान गर्न थालेपछि त्यहाँको भीड विस्तारै बढ्यो । देश–विदेशका सञ्चार माध्ययमको ध्यानपनि बालुवाटारबाट सरेर बालकोटतर्फ केन्द्रितभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अघिल्लो आइतबार ७ दिनको समयसीमा तोक्दै प्रधानमन्त्रीमा दाबेदारी पेस गर्न दलहरुलाई आह्वान गर्नुभएको थियो । पुस १० अर्थात त्यहिदिन राष्ट्रपतिले दिएको समयसीमा अपराह्न ५ बजे सकिँदैथियो । एकातिर दलहरुलाई त्यहिदिन अपराह्न ५ बजेसम्म जसरी पनि प्रधानमन्त्रीपदको दाबी पेस गर्नुपर्ने चाप थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अघिल्लो आइतबार ७ दिनको समयसीमा तोक्दै प्रधानमन्त्रीमा दाबेदारी पेस गर्न दलहरुलाई आह्वान गर्नुभएको थियो । पुस १० अर्थात त्यहिदिन राष्ट्रपतिले दिएको समयसीमा अपराह्न ५ बजे सकिँदैथियो । एकातिर दलहरुलाई त्यहिदिन अपराह्न ५ बजेसम्म जसरी पनि प्रधानमन्त्रीपदको दाबी पेस गर्नुपर्ने चाप थियो

अर्कोतर्फ प्रधानमन्त्री को बन्ने भन्ने रस्साकस्सी पनि त्यस्तै पेचिलो बन्दै थियो ।मध्यान्हसम्म पनि गोधूलिपछिको राजनीतिले कस्तो मोड लिन्छ भन्ने अनुमान गर्न मुस्किल थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा पटक–पटकको बैठकमा नेपाली कांग्रेसको राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान अनि माओवादीको पहिलो कार्यकालमै प्रधानमन्त्री चाहिने अडानले एमाले भने अदालतले बनाइदिएको गठबन्धन भत्किन सक्नेमा ढुक्क हुँदै थियो ।

त्यहि तयारी अनुसार नै एमाले अध्यक्ष ओलीले पहिलो दल नेपाली कांग्रेस बाहेकका अन्य दलका नेताहरुलाई एक–एक गरी बालकोट निम्ता दिइसक्नु भएको थियो । माओवादीका दोस्रो तहका नेताहरुसँग बाक्लै छलफलमा व्यस्त एमाले केहीदिन अघिदेखि नै वातावरण सकारात्मक बन्दै गएकोमा आशावादी थियो ।

त्यहि अनुरुप ७८ सिटको एमालेले २० सिटको राष्ट्रिय स्वतन्त्र पार्टी, १४ सिटको राष्ट्रि प्रजातन्त्रपार्टी, १२ सिटको जनता समाजवादी पार्टी मात्रै होइन सिके राउतले नेतृत्व गरेको ६ सिटको जनमत पार्टी र रेशम चौधरीले नेतृत्व गरेका ४ सिटको नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदलाई पनि ओलीले त्यहि दिन बालकोटमा ३२ सिटको नेतृत्व गर्नुभएको प्रचण्ड पुग्नु अघि नै बोलाई सक्नु भएको थियो ।

देख्दा आकस्मिक जस्तो देखिएपनि पूर्व तयारीसहित बालकोटमा बालुवाटारको सत्ता गठबन्धनलाई तासको घर जसरी ढाल्ने अन्तिम तयारी हुँदा सम्मपनि बालुवाटारमा कांग्रेस सत्ताको गणित खेलाएर बसिरहेको थियो ।

नभन्दै भूँईको टिप्न खोज्दा पोल्टाको पनि गुम्यो भन्ने नेपाली उखान जस्तै सत्ताउन्मादले जुर्मुराइरहेको कांग्रेस बालुवाटारमा गर्ल्र्यामगुर्लुम ढलेर सन्नाटा छाउँदै गर्दा बालकोटको बार्दलीमा चहलपहल बढेको थियो ।

सर्वस्व गुमाउँदै गरेको एमाले बालकोटबाट जुरुक्क उठ्दै गर्दा धेरै कुरा प्राप्तगर्दै गरेको कांग्रेस बालुवाटारबाट बालुवाको महल ढले झैँ बुढानिलकण्ठ फर्किदैँ थियो ।

यसरी एकाएकफेरिएको राजनीतिक दृष्यसँगै राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम १७० सांसदको समर्थन सहित प्रचण्डलाई मुलुकको ४४ औँ प्रधानमन्त्री पदमा नियुक्त गरेपछि राजनीतिको कोर्स फेरियो ।

त्यति मात्रै होइन २० सिटको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी प्राप्त गर्न सफल भयो भने माओवादीले प्रधानमन्त्री सहित एक उपप्रधानमन्त्रीका रुपमा भोलिपल्टै सपथ लियो ।

संसदको दोस्रो ठूलो दल एमालेले अर्थमन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्रीका रुपमा उपाध्यक्ष विष्णु पौडेललाई सपथ खुवायो भने थप तीन मन्त्री पनि त्यहि दिन विनाविभागीयको जिम्मेवारीसहित पठायो ।

प्रचण्डले प्रधानमन्त्रीको सपथलिएको १० दिन बढी भैसकेको छ । उहाँले यहि २६ गते संविधानको ६७ को उपधार (२) बमोजिम नियुक्त भएपछि तीस दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार विश्वासको मत लिदैँ हुनुहुन्छ ।

विश्वासको मत लिदाँ गठबन्धनलाई १० सिटको नेकपा समाजवादीले पनि समर्थन गर्ने संकेत देखाएको छ । यसो हुँदा अहिलेको गठबन्धनमा कांग्रेस बाहेक सबै दलको समर्थन रहने देखिन्छ ।

अस्थिर राजनीतिक भूमरीबाट मुक्त सरकार

मंसिर ४ को निर्वाचन परिणामसँगै सत्तास्वार्थका लागि नेपालको राजनीतिमा अस्थिरताको भूमरी बन्ने धेरैले चिन्ताव्यक्त गर्दै आएका थिए । तर, एमालेको सुझबुझपूर्ण राजनीतिक निर्णयले तत्कालकालागि त्यो चिन्ता हटेको छ । सरकारको समर्थन गरेका दलहरु पनि अहिले स्थिर सरकारकै चाहना छन् ।

उनीहरुले आफ्नो अर्थपूर्ण उपस्थितिकालागि केहीमाग राखेका छन् । राप्रपाले पृथ्वीनरायण शाहको जन्मदिनलाई एकतादिवसको मान्यता दिइ उक्तदिन राष्ट्रिय विदाको घोषणा गर्नुपर्ने माग अघि सारेको छ । सुरुमा सरकारलाई समर्थन मात्रै गर्ने अडानमा रहेको राप्रपा केही मागसहित सरकारमा जाने तयारीमा छ ।

स्वतन्त्र पार्टीले भ्रष्ट्राचार न्यूनिकरणलाई आफ्नो एजेण्डा बनाएको छ र उसले सरकारको न्यूनतम साझा कार्यक्रममा यसको सम्वोधन खोजेको छ । उपेन्द्र यादव नेतृत्वको समाजवादीले पनि तत्काल समर्थन फिर्ता लिने योजना बनाएको छैन । बरु उसले सरकारमा अर्थपूर्ण उपस्थिति चाहेको छ । नेकपा समाजवादी पनि एमाले र माओवादीले आफूहरुलाई सम्मान सहित उपस्थिति दिए थप नचाहिने मुडमा छ ।

यी दलको भावनालाई समेत प्रतिनिधित्व गर्दै सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने तयारीमा अहिलेको गठबन्धन जुटेको छ ।

एमाले उपाध्यक्षसमेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा बनेको कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णतादिने अन्तिम तयारी गरेको छ । गठबन्धनमा सहभागी दलबीच सहमतिका आधारमा साझा कार्यक्रममा अर्थतन्त्रलाई लयमा फर्काउने, आर्थिक समृद्धि र विकासलाई जोड दिने जस्ता विषय समेट्ने तयारी भएको छ । नयाँ सरकार गठनसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने अनुमान धेरैले गरेकाछन् । त्यसको एउटा सकारात्मक संकेत सेयर बजारले पनि देखाएको छ ।

नयाँ सरकार बनेसँगै सेयर बजारमा छाएको हरियालीले केही सकारात्मक संकेत देखाएको छ । गठबन्धनमा पुराना र अनुभवीदलसँगै केही नयाँ गरौँ भन्ने युवाहरुले नेतृत्व गरेको दलसमेत रहेकाले पनि यो सरकारले केही सकारात्मक आशादिने अनुमान गरिएको छ ।

पुन : सत्ता स्वार्थको फोहारी खेलमा कांग्रेस

सत्तास्वार्थका लागि सबै भन्दा बढी फोहारी खेल खेल्ने नेपालीकांग्रेस अहिले मुखैमा आएको सत्तागुमाउनु पर्दाको पीडामा छ । मुलुकको विकास र समृद्धिमा भन्दापनि सत्तास्वार्थको फोहारी खेलमा रमाउने कांग्रेसका लागि पछिल्लो राजनीति अनुकुल देखिएको छैन ।

यद्यपि, कांग्रेस अहिले त्यहि फोहोरी खेलकालागि गठबन्धनमा रहेका केही सानादललाई प्रधानमन्त्री पदको लोभ देखाएर फुटाउने असफल रणनीतिमा लागेको छ । प्रचण्डले प्रतिनिधि सभामा पुस २६ गते विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेस यस्तो फोहारी खेलमा लागेको छ ।

फुटाउ र राज गर् भन्ने नीतिलाई अख्तियार गर्दै कांग्रेस अहिले गठबन्धनमा रहेका तीनदलका अध्यक्षलाई गठबन्धन छाडेको अवस्थामा प्रधानमन्त्री बनाउँनेसम्मको लोभ देखाउन थालेको छ । सोही असफल रणनीति अनुसार कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवसँग पछिल्ला दिनमा छलफल गरेको वुझिएको छ ।

ती दलका केही नेताहरुले भने देउवाको उक्त रणनीतिलाई ‘असफल रणनीति’ भनेका छन् । ‘संसदको सबै भन्दा ठूलो दलसँग सम्वादहुनु अनौठो कुरा भएन,’ राप्रपाका एक नेताले भन्नुभयो, ‘तर, अहिले तत्कालकालागि कांग्रेसको त्यो रणनीति असफल रणनीति हो, त्यसले सार्थकता प्राप्त गर्ने कुनै सम्भावना छैन ।’ जनता समाजवादी पार्टीका एक नेताको भनाई पनि राप्रपाका नेतासँगै मेल खाने खालको छ ।

उहाँपनि अहिले तत्काल नयाँ गठबन्धनको संभावना नभएको दाबी गर्नुहुन्छ । त्यसो त कांग्रेसले राप्रपालाई अहिले गठबन्धन छोडेको अवस्थामा भावीप्रधानमन्त्रीसम्मको आश्वासनदिएको बुझिएको छ । त्यो सँगै तत्काल केन्द्र सरकारमा उपप्रधानमन्त्रीको प्रस्ताव राखेको छ । त्यस्तै बागमती प्रदेशमा मुख्यमन्त्रीको समेत अफर कांग्रेसले गरेको बुझिएको छ ।

सरकारमा सम्मानजनक उपस्थिति खोजको जसपाले पनि पछिल्लो समय देउवासँग भेट गरेको बुझिएको छ । अहिलेको गठबन्धनबाट जसपालाई मधेस प्रदेशको मुख्यमन्त्रीमा आलोपालो र केन्द्रमा २ वटासम्म मन्त्रालयको संभावना छ । तर, जसपा त्यससमा सन्तुष्ट नभएकाले कांग्रेससँको भेटघाट बार्गेनिङकालागि हो भन्ने अनुमान गरिएको छ ।

अहिले जसपामा यादवभन्दा अशोक राइ र राजेन्द्र श्रेष्ठहरु बढी शक्तिशाली हुनुहुन्छ । उहाँहरु दुबै जना अहिलेकै गठबन्धन अघि बढाउने मुडमा रहेका कारण यादव एक्लैको रहरले मात्रै त्यो संभव नहुने निश्चित जस्तै छ । यता लामिछाने पनि तत्कालै यो गठबन्धन छाडेर कांग्रेसमाजाने संभावना न्युन छ ।

यसरी साना पार्टीका केही नेताहरुलाई पालै पालो प्रधानमन्त्री बनाउने र प्रदेशमा मुख्य मन्त्रीको प्रलोभन दिएर कांग्रेले पहिले देखि गर्दै आएको सत्ताको फोहरी खेल पुनः एकपटक खेल्ने प्रयास गरेको राजनैतिक विश्लेषकहरुले बताउन थालेका छन् ।

यसरी साना पार्टीका केही नेताहरुलाई पालै पालो प्रधानमन्त्री बनाउने र प्रदेशमा मुख्य मन्त्रीको प्रलोभन दिएर कांग्रेले पहिले देखि गर्दै आएको सत्ताको फोहरी खेल पुनः एकपटक खेल्ने प्रयास गरेको राजनैतिक विश्लेषकहरुले बताउन थालेका छन् । उनीहरुका अनुसार यदी कांग्रेसको यो फोहरी खेल सफल भयो भने मुलकुका निम्ति दुर्भाग्य हुने र मुलुक छिट्टै नै असफल राष्ट्र बन्ने पक्का पक्की छ ।