पोखरामा भएकाे जहाज दुर्घटनामा ३८ शवको सनाखत, जहाजको ब्ल्याक बक्स अनुसन्धान आयोगलाई
काठमाडाैं, २ माघ । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएका ६८ जनाको शव गण्डकी अस्पतालमा पुर्याइएको छ। ६८ जनाको शव मध्य ३८ शवको सनाखत भएकाे छ ।
प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार भेटिएका शवको पहिचान गरी गण्डकी अस्पतालमा पुर्याइएको र ६८ जनाको शव मध्य ३८ शवको सनाखत भएकाे जनाएकाे छ ।अन्यको पनि सनाखत गर्ने काम भइरहेको छ ।
अन्य चार जनाको अवस्था अज्ञात रहेकाले उनीहरूको खोजीकार्य भइरहेको छ । पोष्टमर्टम, बीमा लगायतका कागजी कामहरू भइरहेकाले मृतकको शव पनि सकेसम्म आज नै बुझाउने गरी तयारी भइरहेको उनले बताए।
उद्धार टोलीले जहाजको ‘ब्ल्याक बक्स’ सरकारले गठन गरेको जाँचबुझ आयोगलाई बुझाइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
आइतबार बिहान १०:३२ मा काठमाडौंबाट उडेको यति एयरको जहाज पोखरामा १०:५०मा दुर्घटना भएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभन्दा अन्दाजी दुई किलोमिटर पर पोखरा महानगरपालिका-१५ स्थित सेती नदीको खोंचमा दुर्घटना भएको हो । उक्त जहाजमा चार चालक दलसहित ७२ जना सवार थिए।
सनाखत भएकाहरूकाे नामावली
१- निशान्त आचार्य
२- संगीता शाही-
३- डाक्टर सुशिल श्रेष्ठ
४- डाक्टर सोना दिवाकर
५- रियान पौडेल
६- सदागत अलि मिया
७- लक्ष्मी पौडेल
८- प्रशिद्धि पौडेल
९- अरूण पौडेल
१०- पूर्णकुमार गुरूङ
११- युकोन्जो (कोरियन नागरिक)
१२- विजयकुमार गुरूङ
१३- रचना काफ्ले पौडेल
१४- रकि गुरूङ
१५- डा.गणेश थापा
१६- लक्ष्मी परियार
१७- रिता परियार
१८- हरि परियार
१९- एस्मिल गुरूङ
२०- पूजन थापा
२१- सिर्जना होङचेन (एयरहोस्टेज)
२२- त्रिभुवन पौडेल
२३- मोहन प्रकाश श्रेष्ठ
२४- जुरिस लेजिन (रसियन नागरिक)
२५- एलिना (रसियन नागरिक)
२६- जीवनकला गुरूङ
२७- जमुना शर्मा
२८- शालिकराम आचार्य
२९- डा शुसिल र सोनाको छोरा
३०- बन्दना सुनार
३१- सीता गुरूङ
३२- निरा छन्त्याल
३३- अनुषा गुरूङ
३४- शिवकुमार गुरूङ
३५- राजु सिंह ठकुरी
३६- अनिल शाही
३७- पास्कल एलेक्स मण्डल (फ्रान्स)
३८- कमल केसी (क्याप्टेन)