कांग्रेसले मुक्ताकुमारी यादवलाई उपसभामुख उम्मेदवारमा अगाडि सारिँदै
काठमाडौं, ६ माघ । नेपाली कांग्रेसले उपसभामुखमा मुक्ता यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
शुक्रबार विहान शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले बताए ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी उनी समानुपातिक सांसद हुन् ।
उनले भने, ‘उहाँ (मुक्ता) लाई उम्मेदवार बनाउनेबारेमा लगभग सहमति भइसकेको छ । हामी अन्य दलसँग पनि छलफल गरिरहेका छौं । केही समयपछि औपचारिकरूपमा निर्णय होला ।’
बिहीबार भएको सभामुखको निर्वाचनका कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेलाई नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले मतदान गरेका थिए ।