रास्वपाका निवर्तमान मन्त्रीहरुले छोडे सरकारी निवास

काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान मन्त्रीहरुले सरकारी निवास छाेडेका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका रवि लामिछानेसहित हिजो राजीनामा दिएका मन्त्रीहरु क्वाटरबाट आफ्नो निवासमा सरेका हुन् ।

रास्वपका निवर्तमान मन्त्रीहरु क्रमशः डोलप्रसाद अर्याल, रबि लामिछाने,शिशिर खनालले सरकारी क्वाटर छोडेका छन् भने डा. तोसिमा कार्की भने सरकारी क्वाटरमा सरेकी थिइन्न् ।

रवि लामिछानेले पनि हिजो आफ्नो क्वार्टर खाली गराएका थिए । यसअघि उनले क्वाटर छाडे पनि सामान निकालेका थिएनन् भने साँचो आफैंसँग राखेका थिए । क्वाटर नछाडेको विषयमा हिजो उनले पत्रकार सम्मेलनमा स्पष्टीकरणसमेत दिएका थिए ।

लामिछानेले आफू पूर्वगृहमन्त्रीको हैसियतमा कुनै पनि सुविधा नलिने बताइसकेका छन् ।

मन्त्रीबाट पद मुक्त भएकाहरुले एक हप्ताभित्र क्वाटर छोड्नुपर्ने प्रावधान रहेको छ ।