आयातमा नियमन र आपूर्ति सुस्तताले देशको अर्थतन्त्र चरम दबाबमा: अर्थमन्त्री पौडेल
काठमाडौं, २९ माघ । प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेका छन् ।
बैठकमा देशको अर्थतन्त्रको वर्तमान अवस्था अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमार्फत उहाँले आयातमा नियमन र आपूर्ति सुस्तताले देशको अर्थतन्त्र चरम दबाबमा रहेकाे बताए ।
समीक्षामार्फत चालू आवको करिब साढे २ अर्ब घटाएर १५ खर्ब ५० अर्ब रूपैयाँको अनुमान गरिएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्बको बजेट ल्याएका थिए ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा पेश गरेको चालू आर्थिक वर्षको बजेट समीक्षामार्फत उक्त बजेटको आकार घटाएर १५ खर्बमा झारिएको हो । यस्तै राजस्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड बनाइएको छ । १४ खर्ब ३ अर्ब राजस्व संकलनको लक्ष्य लिइएको थियो ।
चालू आवको ६ महिनामा धान उत्पादन ६.९४ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ भने मुद्रास्फीति ७.३ प्रतिशत रहेको छ । मुन्द्राप्रदाय ३.६ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
समीक्षाकाे पूर्णपाठ हेर्नुहाेस ।