५ मन्त्रीद्वारा राजीनामा गर्दै मधेस सरकारबाट बाहिरियो एमाले

जनकपुरधाम, २१ चैत्र । मधेस सरकारबाट नेकपा एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन् ।

मधेसमा २३ सांसदसहित सबैभन्दा ठूलो दल बनेको एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् ।सरकारबाट बाहिरिएसँगै एमाले अब प्रतिपक्ष बनेको छ ।

भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून-न्याय तथा प्रदेशमामिला मन्त्री राजकुमार लेखी, महिला-बालबालिका, युवा तथा खेलकुद मन्त्री मो. जैद आलम साथै गृह तथा संचार राज्यमन्त्री केशव रायले राजीनामा दिएका हुन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि काम गर्न असहज भएकाे भन्दै मन्त्रीहरूले राजीनामा दिएका हुन् ।