एकसय १४ वर्ष पुरानो कृष्ण मन्दिर पुनःनिर्माण तीव्र गतिमा

सिन्धुपाल्चाेक, २६ चैत्र । सिन्धुपाल्चाेकको चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित एकसय १४ वर्ष पुरानो कृष्ण मन्दिर पुनःनिर्माण तीव्र गतिमा अगाडि बढेको छ ।

विसं २०७२ वैशाख १२ मा गएको भूकम्पले क्षति भएको चौतारा पुरानो बजारस्थित कृष्ण मन्दिर सातवर्षपछि पुनःनिर्माण सुरु गरिएको हो ।

पुरातत्व विभाग काठमाडौँले बजेट विनियोजन गरेपछि गत फागुन १२ गते मन्दिरको शिलान्यास गरेर पुनःनिर्माण सुरू गरेका थिए ।

विसं २०६४ मा निर्माण गरिएको उक्त मन्दिर पुरानै ढाँचामा बन्ने भएको छ । रू एक करोड ३० लाखमा मन्दिर पुनःनिर्माण हुने स्थानीय सर्वपक्ष पत्रिकाका सम्पादक सुरेश कसजूले जानकारी दिए ।

मन्दिर असार मसान्तसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको निर्माण कम्पनीका शिल्पकार सुरज शिल्पकारले जानकारी दिए ।