खराब सुरुवातका कारण नेपालले गुमाए चौंथो विकेट

काठमाडौं, ८ वैशाख । एसिसी प्रिमियर कपमा ओमानविरुद्धकाे आजकाे खेलमा नेपालले चौंथो विकेट गुमाएको छ।

नेपालले आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध टस हारेर पहिले ब्याटिङ गरे पनि खराब सुरुवात भएको छ।

ओमान विरुद्ध खाता नखोल्दै दुई विकेट गुमाएको नेपालले ५४ रनमा तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई २३ रनमा गुमाएको थियो।

चौंथो विकेटका रूपमा भीम सार्की टिमको स्कोर ७२ हुँदा ३३ रनको अवस्थामा आउट भए।

त्यसअघि खराव सुरुवातको सिकार भएको नेपालले रन नजोड्दै दोस्रो विकेट गुमाएका थिए। दोस्रो विकेटका रुपमा ओपनर आसिफ शेखलाई शुन्य रनमा गुमाएको थियो।