एसिसी प्रिमियर कप: कतारविरूद्ध नेपालको खराब ब्याटिङ

काठमाडाैं, १४ वैशाख । एसिसी प्रिमियर कप अन्तर्गत नेपालले समूह ‘ए’ को अन्तिम खेलमा कतारविरुद्धकाे खेलमा खराब ब्याटिङ गरेको छ।

त्रिवि मैदान कीर्तिपुमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले सुरुवाती खलमै पाँच विकेट गुमाइसकेको छ।

नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो । नेपालका सुरुवाती दुवै विकेट कतारका गयान मुनवीराले लिए।

ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२.४ ओभरमा आउट भए। कप्तान रोहितकुमार पौडेल चौथो विकेटको रुपमा २७ रन बनाएर आउट भए। १५.३ ‌ओभरमा रोहित आउट हुँदा नेपालले ४ विकेटको क्षतिमा ६२ रन बनाएको थियो।

कुशल मल्ल पाँचौ विकेटको रुपमा १७.१ ओभरमा आउट भए। उनले ३ रन मात्र जोड्न सके । नेपालका लागि अहिले सोमपाल कामी र आरिफ शेख ब्याटिङ गरिरहेका छन्।

समूह चरणमा अपराजित नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो।