धनुषामा जुम्ल्याहा बालकको पोखरीमा डुबेर मृत्यु

धनुषा, २४ वैशाख । धनुषामा जुम्ल्याहा बालकको पोखरीमा डुबेरमृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहम्मद अब्दुल अन्सारी र मोहम्मद अल्कामा अन्सारीकाे पोखरीमा डुबेरमृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकृत प्रनि विक्रम शाहका अनुसार सोही वडाको बसहियास्थित गोगलप्रसाद नमूना मावि स्कुलको अगाडि रहेको पोखरीमा नुहाउने क्रममा शनिबार साँझ उनीहरूको डुबेर मृत्यु भएको हो।

बालकहरू पोखरीमा डुबेको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले दुबैलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याइएका दुबै बालकलाई चिकित्सकले बेलुका करिब ८ बजे मृत घोषणा गरेको थियाे ।
प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको इन्सपेक्टर शाहले बताए।