काठमाडाैंकाे नागार्जुनमा २२ वर्षीया महिला बलात्कृत

काठमाडौं, २३ जेठ । काठमाडाैंकाे नागार्जुनमा २२ वर्षीया महिला बलात्कृत भएकी छन् ।

नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने २२ वर्षीया महिलालाई नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भएका ३५ वर्षीय कृष्ण तामाङले बलात्कार गरेकाे अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हाे।

तामाङले ती महिलालाई पीडितकै कोठामा बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

बलात्कार सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *