सर्लाहीको लालबन्दीमा स्कारपियो जिप दुर्घटना, चार जना घाइते
सर्लाही, ७ असार । सर्लाहीको लालबन्दी नगरपालिका ६ कालिञ्जोर पुल नजिकै आज बिहान स्कारपियो जिप ट्रकमा ठोकिदा ४ जना घाइते भएका छन् ।
विग्रिएर सडक किनारमा रोकिराखेकाे ना ५ ख ७५५१ नम्बरको ट्रकमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको भारतीय नम्बरको स्कारपियो जिप आज बिहान ३ बजे ठोकिएको हाे ।
दुर्घटनामा जिप चालक तनहुँको शुक्लागण्डकी नगरपालिका २ का ४५ वर्षीय किशोर श्रेष्ठ, जिपमा सवार सोही ठाउँका ३७ वर्षीय कमल राना, ३० वर्षीय अर्जुन राना र २७ वर्षीय बरकत अलि घाइते भएका छन् । घाइते मध्ये ३ जनालाई उपचारको लागि जनकपुर पठाइएको छ ।
एक जनाको भने लालबन्दी स्थित गढीमाई मेडिकलमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको ।