दोहोरो अंकले घट्यो सेयर बजार
काठमाडाैं, २८ असार । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेकाे छ । यसदिन नेप्से परिसूचक १२.६२ अंक घटेर २०८४.९३ विन्दुमा पुगकाे छ भने सेन्सेटिभ इण्डेक्स ०.०९ अंक घटेको छ ।
यस दिन दुई कम्पनीको ऋणपत्र सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन एनएमबि बैंक र सिद्धार्थ बैंकको ऋणपत्र सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
सूचक घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। यस दिन २९६ स्टकको ५७ हजार ६४५ पटकको कारोबारमा ३ अर्ब ३९ करोड ६ लाख रुपैयाँ बराबरको ९३ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन २३ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
त्यसैगरी, यस दिन सोल्टी होटलको करिब १८ करोडको शेयर कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको १६ लाखभन्दा बढीको शेयर किनबेच भएको छ।
बिहीबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।