घर–घर जाऔ अभियान चलाउँदै कांग्रेस, ५ देखि ७ लाख पार्टी सदस्य थप्ने लक्ष्य (२१ पृष्ठको प्रस्तावसहित)

काठमाडौं, साउन २ । नेपाली कांग्रेसको सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक कांग्रेस केन्द्रीय कार्यालयमा सुरू भएको छ । बैठक एक वर्षपछि बसेको हो । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू बैठकमा विभिन्न १० वटा एजेन्डा तय गरिएको छ ।

महामन्त्री गगनकुमार थापाले २१ पृष्ठ लामो सांगठनिक प्रतिवेदन पेस गर्नुभएको छ । प्रतिवेदनमा साउन, असोज, मंसिर, माघ चैत र जेठको पहिलो हप्ता केन्द्रीय कमिटीको बैठक बस्ने उल्लेख छ । त्यसैगरी प्रतिवदेनमा कम्तीमा दुई वटा बैठक उपत्यका बाहिर बस्ने उल्लेख छ । भदौ १५ सम्म सबै विभाग गठनलाई पूर्णता दिने, १४औं महाधिवेशनमा क्रियाशील सदस्य भैसकेकालाई क्रियाशील सदस्यता साउन मसान्ता भित्र कार्ड वितरण गर्ने, क्रियाशील सदस्य वर्ष भरी नै वितरण गर्ने प्रस्ताव महामन्त्री थापाले पेस गर्नुभएको छ ।

त्यस्तै कांग्रेसले यहि साउनदेखि २०८१ असार ३१ गतेसम्म ‘घर–घर जाऔ, पार्टी सदस्य बनाऔं’ अभियान सञ्चालन गर्ने भएको छ । यो एक वर्षको अवधिमा कम्तीमा ५ देखि ७ लाख पार्टी सदस्य थप्ने कांग्रेसको योजना रहेको छ । कांग्रेसले पहिलो चरणमा साउन २० देखि भदौ १ गतेसम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ भने दोस्रो चरणमा भदौ १० देखि २४ सम्म समुदायसँग संवाद र तेस्रो चरणमा मंसिर १५ देखि माघ १५ सम्म दुई महिना घर–घरमा कांग्रेस अभियान चलाउने भएको छ । त्यो अभियानमा सदस्यता वितरणलगायतलाई प्राथमिकतामा राख्ने भएको छ ।

कांग्रेसले कार्यालयलाई व्यवस्थित बनाउन अभिलेख तथा अनुसन्धान शाखा, सूचना तथा संचार शाखा, प्रशास शाखा, कार्यक्रम व्यवस्थापन र स्टोर शाखा, कानुन तथा अन्तराष्ट्रिय शाखा, समन्वय र अनुगमन शाखा पनि राख्ने प्रस्ताव गरेको छ । त्यसको जिम्मेवारी सचिवको नेतृत्वमा दिने प्रस्तावमा उल्लेख छ । विपि स्मृति दिवसमा ६ हजार ७ सय ४३ वटै वटामा वृक्षारोपन कार्यक्रम गर्ने पनि प्रस्तावमा उल्लेख छ । CCM 2080.4.2_P_GK1