पाँच दिनमा १२७ अंकले घट्यो नेप्से
काठमाडाैं, १४ साउन । आइतबार नेप्से सूचक २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा झरेर बन्द भएकाे छ ।
२२०० विन्दुमाथि पुगेको नेप्से सूचक पछिल्लो पाँच दिनदेखि लगातार घट्दो क्रममा छ। नेप्से सूचक पाँच कारोबार दिनमा १२६.८१ अंकले घटेको हाे ।
आइतबार शिवम् सिमेन्टको सबैभन्दा धेरै १४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सोल्टी होटलको ११ करोड ९९ लाख, एभरेष्ट बैंकको १० करोड २० लाख र हिमालयन डिस्टिलरीको ६ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १८ वटा कम्पनीको मात्रै शेयरमूल्य बढेको छ । जसमा पिपुल्स पावरको शेयरमूल्य सबैभन्दा धेरै ३.५६ प्रतिशतले बढेको छ भने सुपर माइ हाइड्रोपावरको ३.०६ प्रतिशत र सिनर्जी पावरको १.८० प्रतिशतले बढेको छ।
यता मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६.७८ प्रतिशतले घटेको छ भने अभियान लघुवित्तको ६.५७ प्रतिशत र हिमालयन लघुवित्तको ५.१४ प्रतिशतले घटेको छ।
कारोबारमा आएका १३ उपसमूहमा म्युचुअल फण्ड बाहेक १२ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.३२ प्रतिशतले घटेको छ।