फ्रान्समा अस्वाभाविक हिम बर्षा, जनजीवन प्रभावित

Maitrinews

  पेरिस । फ्रान्सको उत्तरपूर्वी तथा मध्य दक्षिणी क्षेत्रमा रातभर व्यापक हिमबर्षा भएको छ । हिमबर्षाका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति तथा सडक यातायातमा समस्या भएको छ । सडकमा एक्कासी परेको हिउँका कारण हजारौँ गाडीहरू बाटामै अलपत्र परेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हिमबर्षाका कारण यात्रामा हिँडेका सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात…

जर्मन चान्सलरद्वारा सन् २०२१ पछि नेतृत्व छोड्ने घोषणा

Maitrinews

  बर्लिन । जर्मन चान्सलर एन्गेला मर्केलले उहाँको कार्यकालको सकिएपछि अर्को कार्यकालको लागि नेतृत्वको दावी नगर्ने घोषणा गर्नुभएको छ । उहाँलाई निर्वाचित गराएको राजनीतिक गठबन्धन कमजोर हुँदै गएको अवस्थामा पुनः नेतृत्वको दावी गर्नु गलत हुने निश्कर्षकासाथ उहाँले नेतृत्वबाट बाहिरिने घोषणा गर्नुभएको हो । जर्मनीलाई विगत १३ बर्षदेखि राजनीतिक नेतृत्व दिइरहनुभएकी नेतृ मर्केलले आफ्नो दलको मुख्यालयमा…

इन्डोनेसियामा विमान दुर्घटनाग्रस्त, १८८ यात्रुको अवस्था अज्ञात

Maitrinews

  जकार्ता । इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको छ । उक्त जहाजमा चालक दलका सदस्य सहित एक सय ८८ जना रहेको अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै बिमानसँग राडारको सम्पर्क टुटेको थियो । उक्त जहाज समुद्रमा खसेको भेटिएको छ । भिडियो फुटेजमा समुद्रको पानीमाथि…

अमेरिकामा अन्धाधुन्ध गोली प्रहारमा ११ जनाको मृत्यु

Maitrinews

  पिटर्सवर्ग। अमेरिकाको पेन्सिलभेनिया राज्यको पिटर्सबर्ग शहरमा भएको अन्धाधुन्ध गोली प्रहारमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । ४६ वर्षीय रोबर्ट बोवर्स नाम गरेका व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा उक्त घटना भएको हो । यहुदीहरुको पूजास्थल ट्री अफ लाइफ सिनगानमा एउटा राइफल र दुई पेस्तोलसहित प्रवेश गरेका उनले गोली…

चीन र जापानबीचको कारोबारमा आफ्नै मुद्रा चलाइने, अमेरिकालाई झड्का

Maitrinews

  बेइजिङ । जापान र चीनको बीचमा ३० अर्ब अमेरिकी डलरसम्मको विनीमय सम्झौता भएको छ । शुक्रबार दुवै मुलुकहरुले आर्थिक स्थायित्वको लागि यो सम्झौता गरेको जापानले जानकारी दिएको छ । यो सम्झौता शुक्रबारबाट कार्यान्वयनमा आएको छ । यसमा आधारित रहेर दुवै मुलुकका केन्द्रीय बैंकहरुले स्थानीय मुद्रा साटासाट गर्न सक्नेछन् । यो सम्झौता तीन वर्षको लागि…

अमेरिका—चीन व्यापारयुद्धले एक महिनामा १० खर्ब डलरको नोक्सानी

Maitrinews

  काठमाडौं । विश्व प्रविधि सेयरमा अक्टोबर महिनामा करिब १० खर्ब डलर अर्थात ९ प्रतिशतको नोक्सानी भएको छ । चीन र अमेरिकाबीचको व्यापारयुद्धको कारण माग कमजोर बनेसँगै विश्वको प्रविधि क्षेत्र सुस्ताएको हो । एक करोड डलरभन्दा बढी मूल्यांकन भएका १७०१ कम्पनीहरुको विवरण अनुसार उनीहरुको बजार मूल्य अक्टोबर १ मा ११६ खर्ब ४० अर्ब डलर रहेकोमा…

हजारौं आप्रवासी अमेरिकातर्फ

Maitrinews

  मेक्सिको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रलाई दिइँदै आएको सहायता रकम कटौती गरिने चेतावनी दिएका छन्  । होन्डुरसका नागरिक अवैध आप्रवासीका रूपमा अमेरिका प्रवेश गर्न ठूलो समूह ९क्याराभान० बनाएर सीमातर्फ अघि बढेपछि ट्रम्पको यस्तो भनाइ आएको हो  । संयुक्त राष्ट्रसंघले ७ हजारभन्दा बढी मानिस अमेरिकाको सीमातर्फ अगाडि बढिरहेको जनाएको छ । मेक्सिकोमा पहिल्यैदेखि अमेरिका…

‘खशोग्जीको हत्या सुनियोजित भएको टर्कीको दावी’

Maitrinews

  अङ्कारा, टर्की । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो सत्ताधारी पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै पत्रकार जमाल खशोग्जीको ज्यान लिने योजना हत्या भएको दिनभन्दा निकै दिन अगाडि नै भएको आशङ्का व्यक्त गर्नुभएको छ । उहाँले अक्टोबर २ गते इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासभित्र खशोग्जीको नियोजित र ‘क्रुर‘ हत्या भएको भन्ने देखाउने टर्कीसँग बलियो प्रमाण रहेको दावी गर्नुभयोे…

नाइजेरियामा साम्प्रदायिक हिंसामा ५५ जनाको मृत्यु

Maitrinews

  अबुजा । नाइजेरियाली अधिकारीहरुले कडुनामा इसाई र मुस्लिम युवाबीच हिंसा भड्किएपछि २४ घण्टे निषेधाज्ञा जारी गरेका छन् । हिंसाका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गभर्नर नासिर एल–रुफाईले एक वक्तव्य जारी गर्दै परिस्थितिलाई काबुमा ल्याउन कडुना महानगर क्षेत्रमा राज्य सरकारले कफ्र्यु जारी गरेको बताउनुभयो । उहाँले शान्ति कायम गर्न सबै…

ताइवानमा रेल दुर्घटनाः १८ को मृत्यु, १७० घाइते

Maitrinews

  ताइवान । ताइवानको उत्तर पूर्वी इलाकामा भएको रेल दुर्घटनामा कम्तीमा १८ को मृत्यु भएको छ भने १७० घाइते भएका छन् । रेल अधिकारीका अनुसार ताइपेबाट टाइटंग गइरहेको रेल यिलान काउन्टी नजिकैको ट्र्याकबाट बाहिर निस्किएको थियो । आठ डब्बा भएको उक्त रेलमा तीन सय ६६ यात्री सवार थिए । ताइवाना नेता साइ इंग वेनले यसलाई…