अन्तर्राष्ट्रिय तेक्वादोमा नेपाललाई पदक

maitrinews

_basnet-2

लण्डन। बेलायतको ब्राइटनमा जारी १८औं एडल्ट तथा सिनियर र १३औं जुनियर आइटीएफ बर्ल्ड तेक्वान्दो च्याम्पियनसीपमा नेपालले एक रजत पदक जितेको छ ।

१४ देखि १५ बर्ष उमेर समूहमा ६४ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेका सस्मन बस्नेतले नेपालका लागि रजत जितेका हुन् । सेमिफाइनलमा आयरल्याण्डका खेलाडीलाई हराएका सस्मनले फाइनलमा वेल्सका खेलाडीसँग पराजित भए । कक्षा १० मा अध्ययनरत सस्मन बस्नेतले नेपालमा भएको दोस्रो सगरमाथा खुल्ला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका थिए
यसअघि प्रतियोगिताको दोस्रो दिन सिनियरतर्फ लक्ष्मण बस्नेतले नेपालका लागि कास्य पदक दिलाएका थिए ।
आइटीएफ वर्ल्ड तेक्वान्दो च्याम्पियनसीप प्रतियोगितामा नेपालबाट ४ खेलाडीले भाग लिएका छन् ।