काँग्रेस—माओवादी र मधेसी मोर्चाबीच बैठक सुरु

maitrinews

काठमाडौँ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाका शीर्ष नेताबीच प्रधानमन्त्रीको निर्वाचन, संविधान संशोधनलगायत विषयमा सहमति जुटाउन बैठक सुरु भएको छ ।
व्यवस्थापिका–संसद् नयाँबानेश्वर हाताभित्र सुरु भएको बैठकमा ती दलहरुबीच मङ्गलबार भएको मौखिक समझदारीलाई निष्कर्षमा पु¥याउने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । मोर्चाले आफ्ना मागमा सकारात्मक भएमा आज हुने प्रधानमन्त्रीको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मतदान गर्ने जनाउँदै आएको छ ।
वार्तामा काँग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रका अध्यक्ष दाहाल र मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायत सहभागी हुनुहुन्छ ।

साउन १९ गते ।