पूर्व प्रमओलीसँग भारतीय राजदूत रायको भेटवार्ता

maitrinews

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत रणजित रायबीच आज भएको भेटवार्तामा नेपालको विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।एमाले पार्टी कार्यालय धूम्रबाराहीमा आज उहाँहरुबीच करिब एक घन्टा भेटवार्ता भएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी गराउनुभयो । पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न राय पार्टी कार्यालय पुग्नुभएको थियो  ।