पूर्वयुवराज पारसका सहयोगी डा. भट्टराईको नयाँ शक्तिमा

काठमाडौं । थाइल्यान्ड बसेर व्यवसाय गर्दै आएका सुनिल खड्काको समूह डा।बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल प्रवेश गरेको छ। खड्काले नेपालमा मातृभूमिका लागि युवा अभियान सञ्चालन गर्दै आउनुभएको छ । । उहाँ पूर्व युवराज पारस शाहका सहयोगी हुनु्हुन्छ ।
नयाँ शक्तिका संयोजक भट्टराई र खड्काबीच पार्टी प्रवेशको छबुँदे सहमतिमा हस्ताक्षर भएको छ।
पूर्व युवराज पारस शाह थाइल्यान्ड बस्दा खड्काले आवास सहित अन्य व्यवस्थापन गर्न सहयोग गर्नुभएको थियो। राष्ट्रवादी अभियान चलाइरहेको उहाँको समूह विधिवत रुपमा नयाँ शक्तिमा विलिन भएको हो।
दुवै पक्षबीच भएको ६ बुँदे सहमतिमा विशाल युवा समारोह आयोजना गरी पार्टी समायोजन प्रक्रियालाई उत्सवको रुपमा सम्पन्न गर्ने जनाइएको छ। कार्यविभाजन तथा जिम्मेवारी सहमतिका आधारमा पछि तोकिने जनाइएको छ।
भदौ ३ गते ।