देश र जनताको हितमा काम गर्ने उपाध्यक्ष शाक्यको प्रतिवद्धता

 

 

shakya

 

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी सशक्त प्रतिपक्षको भूमिकामा रहेर देश र जनताको हितमा काम गर्ने बताउनुभएको छ ।

बाँके–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको हरितालिका तीज विशेष कार्यक्रममा बोल्दै उहाँले एमाले प्रतिपक्षमा रहेर देश र जनताको काम गर्ने बताउनुभयो ।

उपाध्यक्ष शाक्यले महिलाको स्थानीय, प्रादेशिक र संसदीय निर्वाचनमा एकतिहाइ प्रतिनिधित्व हुनुपर्ने भन्दै संविधानले नै महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको हुनाले दलहरुले महिला छैनन् भनेर अरुलाई सहभागिता गराउन नपाइने बताउनुभयो ।
उहाँले अहिले तीज मनाउने शैली सामन्ती भएको चर्चा गर्दै अब तीज मनाउने शैलीमा सांस्कृतिक रुपान्तरण आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा सांसद दलबहादुर सुनार, देवराज भार, साविया प्रविण अन्सारीको उपस्थिति रहेको थियो ।

भदौ ५ गते ।